कालीकोटमा पुल मर्मत नहुँदा आउजाउमा समस्या
काठमाडाैं | माघ ८, २०७९
कालीकोट: गत असोजमा परेको वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भए पनि चार महिना वित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।
जितेगडा बजारसहित झोलुंगे पुलको केही केही भाग वर्खाको भेलले बगाएको थियो । वारपार गर्न गाह्रो भएपछि स्थानीयले दुई लाख रूपियाँ खर्च गरेर तिलानदी र कर्णाली तर्ने पुलबीचमा काठको भर्याङ बनाएका थिए । नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो।
स्थानीय नरजंग मल्लका अनुसार तिला नदीको आधा भागमा फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुलको बीचभागमा काठको भर्याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको थियो । काठको भर्याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका थिए । तिला नदीको शिव मन्दिर नजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुङगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका थिए ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पुलमा पुग्न भर्याङ बनाएर सचेत नागरिकले बिपदमा स्थानीयले सहयोग गरेको बताउनुभयो । प्रजिअ शर्माले यसलाई अन्यथा मान्न नहुने चर्चा गर्नुभयो । पुल जोखिमपूर्ण छ, तत्कालका लागि नदी वारपार गर्ने उपाय भए पनि त्यसलाई चाँडै मर्मतको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
पुल मर्मतका लागि जिल्ला बिपद ब्यस्थापन समितिले गत कात्तिक ४ गते नै लेखी पठाएको थियो । बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइ कुला लगायत संरचनामा ठूलो क्षति भएको थियो । जितेमा बाढीले सय जनाले मात्र वारपार गरिरहेका छन् । राष्कोटका हंश सन्ज्यालले जोखिमपूर्ण पुलमा बृद्वबृद्वा, बालबालिकालाई आउजाउ गर्न कठिन भएको स्थानीयको भनाइ छ ।
मान्म जाने वा मान्मबाट रास्कोट नगरपालिका, पलाँता, पचालझरना र नरहरीनाथ गाउँपालिका जानेहरू यसै पसलवाट आउजाउ गर्छन् । पुल मर्मत नभएपछि स्थानीयहरु जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

